=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

Radio Khabar Palika

धनकुटाको राई कुवा टोलमा सुम्निमा पारुहाङ भवनको शिलान्यास



१ माघ,धनकुटा । किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाले किरात यलेसम्वत यले दोङ २०८५ को दिन आज जिल्ला कार्य समितिको सुम्निमा पारुहाङ भवनको धनकुटा वडा नं. ६ स्थित राईकुवा टोलमा शिलान्यास गरेको छ ।
उक्त सुम्निमा पारुहाङ धनकुटाको भवन को किरात राई यायोक्खाका केन्द्रिय सचिव अस्मिका राईले किरात राई परम्परा अनुसार किरात राई बिधिबाट शिलान्यास गर्नु भएको थियो भने सो अवसरमा किरात राई यायोक्खका धनकुटाका अध्यक्ष उद्धव मणी राई,पूर्व अध्यक्ष देवी राई ,किरात राई यायोक्खा धनकुटाका पूर्व सल्लाहकार तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले भवन शिलान्यासको पाठ वाचन गरेका थिए ।
किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्धव मणी राईको अध्यक्षतमा भएको सुम्निमा पारुहाङ धनकुटा भवनको शिलान्यास कार्यक्रममा समाजसेवी डा. मणिकला राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा किराया धनकुटका पूर्व सल्लाहकार विजय सन्तोषी राई, समाजसेवी ज्योतीचन्द राई,किरात राई यायोक्खा धनकुटकाका पूर्व अध्यक्ष देवी राई वर्तमान उपाध्यक्ष पृर्थुराम राई,सचिव कला राई,,कोषाध्यक्ष वसन्त राई,सदस्यहरु अमृत राई,बलछारा राई, तोपेन्द्र राई,जंग राई, भुवन राई,चन्द्र राई, सनम राई ,रोशन राई,किरात खेलकुद संघ धनकुटाका अध्यक्ष आकाश राई र राई कुवा टोल वस्ती संस्थाका अध्यक्ष भुवन राई,,रविन राई,,पूर्णिमा राई,अनिता राई,चेतन राई,बिमला राई, सुनिता राई बिन्द्र राई,स्मारिका बान्तवा,टिका राई,सविना राई,ठूलेको आमा लगायतको सहभागीता रहेको थियो ।
किरात राई यायोक्खा धनकुटाले केही समय अघि देउसी तथा भौले खेलेर र सहयोग संकलन गरेर खरिद गरेको धनकुटा नगरपालिका वडा नं. ६ स्थित राई कुवा टोलमा रहेको जग्गामा पहिलो चरणमा ६० लाख रुपैयाको लागतमा भवन निर्माण शुरु गरिएको र दोस्रो चरणमा समेत गरी जम्मा करिव एक करोड वरावरको लागतमा लगानी गरी भव्य र सुविधा सम्पन्न भवन निर्माण गरिने किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्धव मणी राईले बताए ।
भवने निर्माणका लागी केही रकम देउसी भैलो खेलेर जम्मा गरिएको र अन्य रकम सहयोगी चन्दा दाता र सम्वन्धित निकायहरु र सरोकारवाला सवैसंग अनी स्वदेश तथा विदेशमा रहनु भएका सवै सहयोगी मनहरुसंग सहयोगका लागी आव्हन गरिएको छ ।