६ फाल्गुन २०८१, मंगलबार | Wed Feb 19 2025

Radio Khabar Palika

धनकुटामा पनि मनाए मगर समुदायले माघी पर्व (फोटो फिचर सहित )



१ माघ,धनकुटा । मगर समुदायले मंगलबारविभिन्न कार्यक्रमको आयोजना गरि माघे सक्रान्ति पर्व भव्यताका साथ मनाएका छन् । यहि अवसरमा धनकुटाको हिलेमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना तथा र्र्याली प्रदर्शन गरिएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिती धनकुटाको आयोजना तथा एकिकृत मगर समाज धनकुटा १ हिलेको सहआयोजनामा भएको सास्कृतिक कार्यक्रमको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरे ।

नेपाल मगर संघ जिल्ला समन्वय समिती धनकुटाका अध्यक्ष तोर्ण खपाङ्गीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्ता कार्यक्रमहरुले भाषा, संस्कार,सस्कृति जगेर्नामा सहयोग पुग्ने बताएकन छन् । वहुजाती, वहुभाषी समुदायको बसोवास रहेको हाम्रो देशमा पछिल्लो समय आफ्नो संस्कार, सस्कृती लोप हुँदै गएको वेला यस्ता कार्यक्रमहरुले नयाँ पुस्तामा संस्कार सस्कृतीबारे ज्ञान बढाउन सहयोग पुग्ने उनिहरुले बताएका छन् । कार्यक्रममा मगर समुदायको हुर्रा, कौडा नाच, मारुनी नाच प्रदर्शन गरिएको थियो ।


सांस्कृतिक कार्यक्रम अघि तोङ्वा चोकबाट र्र्याली निकालिएको थियो । र्यालिले हिले बजारको विभिन्न भागको परिक्रमा गरेको थियो । यसैवीच अहिले बेलुकी राष्ट्रिय कलाकार धिरज राई, कलाकारहरु पदम राई, योगेश मगर,वुद्वी लिम्बू सहित स्थानिय कलाकारहरुको सांगितिक प्रस्तुती रहने कार्यक्रम आयोजक नेपाल मगर संघ जिल्ला समन्वय समितीले जनाएको छ ।