२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

Radio Khabar Palika

श्री चञ्चलादेवी वहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्था धनकुटा १ हिलेको अध्यक्षमा पुनः पाण्डे



धनकुटा । श्री चञ्चलादेवी वहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्था धनकुटा १ हिलेको ३० औ वार्षिक साधारण सभा तथा ७ औ अधिवेशन आज सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नगेन्द्र पाण्डेको अध्यक्षता तथा धनकुटा नगरपालिका वडा नं १ का वडा सदस्य सुवास रानाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभा तथा अधिवेशनले नगेन्द्र पाण्डेकै अध्यक्षतामा नयाँ कार्य समिती गठन गरेको छ ।
समितीको उपाध्यक्षमा नर बहादुर थापा, सचिवमा भिम बहादुर मल्ल, सह(सचिवमा खगेन्द्रलाल राई र कोषाध्यक्षमा अनिषा भण्डारी रहेका छन् ।
अन्य सदस्यहरुमा धर्म प्रताप थापा,सेतीमाया ब्लोन,नगेन्द्र सिंजाली,डम्बर बहादुर पौडेल,दुर्गा दर्लामी,अम्बर बहादुर थापा,सुवास राना मगर र राजन कोईराला रहेका छन् ।

त्यस्तै लेखा समितीको संयोजकमा दीपक घिमिरे,सदस्हरुमा रुपा खुलाल र गजेन्द्र कार्की रहेका छन् । भने सल्लाहकार समितीको संयोजकमा डोल बहादुर घरमिरे, सदस्यहरुमा ज्ञानेन्द्र घिमिरे,हरेन्द्र थिङ तामाङ,सुनिता वि।क र कुल वहादुर खड्का रहेका छन् । उल्लेखित सबै समितीहरु सर्वसम्मत चयन गरिएको हो ।

सभाको खुल्लासत्रमा यो वर्षभरि सबै भन्दा बढी दूध संकलन गर्ने, गुणस्तरिय दूध ल्याउने किसान तथा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सबैभन्दा बढी दूध संकलन गर्ने तर्फ गजेन्द्र बहादुर कार्की,ईन्द्र बुढाथोकी र प्रदिप तामाङ रहेका छन् । त्यस्तै गुणस्तरिय दूध ल्याउने तर्फ नरमाया राई, बल बहादुर थापा र कृष्णमाया आले मगर रहेका छन् । सभामा ६८ वर्षका जेष्ठ नागरिक चन्द्र बहादुर घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । सभामा संस्थाका सचिव तथा व्यवस्थापक भिम वहादुर मल्लले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले ५ करोड १० लाख बराबरको आर्थिक कारोवार गरेको प्रतिवेदन सभामा प्रस्तुत गरिएको छ ।