धनकुटा । धनकुटा नगरपालिका–७ का विद्यालय र आसपासमा रहेका किरान तथा होटलको अनुगमन गरीएको छ । मंगलबार वडा कार्यालय र नगर प्रहरीको टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा वडाभित्रका विद्यालयको चमेना गृह सरसफाई, शौचालयको सरसफाई र कतिपय शौचालयमा ढोका, पानी, वेसन, साबुन नभएको पाईएको वडा नं ७ का अध्यक्ष रोशेष श्रेष्ठले जानकारी दिए । त्यस्तै विद्यालयमा छात्राहरुले प्रयोग गर्ने सेनेटरी प्याड व्यवस्थापन तथा विशर्जनको समस्या रहेको तर विद्यालय प्रशासनले त्यसको व्यवस्थापनमा ध्यान नदिईएको समेत पाईएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अनुगमनको क्रममा विद्यालयमा कक्षा कोठामा विद्यार्थीको वसाईको व्यवस्थापन कमजोर भएको ,पिउने पानीको समस्या देखिएकोछ । त्यस्तै विद्यालयमा कक्षा कोठामा झ्याल, ढोका र प्रवेशद्वार सुरक्षित नभएको समेत पाईएको वडाध्यक्ष श्रेष्ठको भनाई छ । विद्यालय संगै विद्यालय आसपास रहेका करिब १ सय मिटर वरपरका किराना पसल र होटलको समेत अनुगमन गरीएको थियो । अनुगमनमा विद्यालय आसपासका पसलमा मदिरा, सुर्तिजन्य वस्तु, चाउचाउ, भूजिया, कुरकुरे, पेयपदार्थ र जंगफूट बेच्ने गरेको पाईएको छ । विद्यायल क्षेत्रका करिब एकदर्जनभन्दा बढी पसलहरुमा आगामी दिनमा उक्त वस्तु बेचबिखन नगर्न निर्देशन दिईएको धनकुटा नगर प्रहरी सहायक निरिक्षक रबि खत्रीले जानकारी दिए । त्यस्तै पसलमा आगामी दिनमा नियम विपरीत बेचबिखन गरेको पाईएमा उक्त सामान जफत समेत गर्ने नगरप्रहरी निरिक्षक खत्रीले जानकारी दिए ।
त्यस्तै विद्यालयमा राष्ट्रिय झण्डा समेत नराखिएको पाईएको छ । विद्यालयमा संचालन गरीएका सवारी साधनमा भाडादर फरकफरक पाईएकाले एकरुपता गर्न केही अगाडी विद्यालयका प्रधानाध्यापक हरुलाई सुझाव समेत दिईएको वडाध्यक्ष रोशेष श्रेष्ठले बताए । विद्यालयमा देखिएका हरेक समस्याको सामाधन गर्न पत्र काटिने यदी उक्त देखिएका कमिकमजोरी सुधार नगरे जरीवान तथा कारबही समेत गरीेने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । निजामती आवासीय विद्यालय, तमोर भ्याली सकेण्डरी बोर्डिङ स्कूल, डिज्नी वल्ड बोर्डिङ स्कूल र तुलसी मेयर मेमोरियल ईङ्लिस स्कूल गरी वडाभित्र संचालनमा रहेका चारवटा विद्यालय र आसपासका पसलहरुको अनुगमन गरीएको थियो ।