३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

दशैै पछि पनि निरन्तर अनुगमन



धनकुटामा दशै पछि पनि अनुगमनलाई निरन्तरता दिइएको छ । दशै सकिए पछि पनि अखाद्य बस्तुको जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासन धनकुटाले बजार अनुगमनलाई तिब्र पारेको हो । घरेलु तथा साना उद्योग कार्यालाय धनकुटाको आयोजनामा जिल्ला प्रशासन कार्यालय , खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालाय र राष्ट्रिय उपभोक्ता संघ धनकुटाले संयुक्त रुपमा अनुगमनलाई तीब्रता दिएका हुन् । टोलिले धनकुटाको सिधुवामा अनुगमन गरेको हो । होटल इन्धन, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको छ । अघिल्लो बर्ष अखाद्यबस्तु अत्याधिक पाइने गरेकोमा यो बर्ष सो क्रम धेरै घटेको पाइयो । दशै अघि अनुगमन गरे पनि पुन अखाद्य बस्तुको जोखिम बढ्न थालेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेब रायमाझिले जानकारी दिए ।
अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिईने घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका सुचना अधिकारी बिकास कार्कीले जानकारी दिए ।