४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

Radio Khabar Palika

धनकुटामा किशोर–किशोरीका लागि सामाजिक तथा वित्तीय सीप रूपान्तरण तालिम सुरु



४ चैत्र,धनकुटा । धनकुटा नगरपालिकामा किशोर तथा किशोरीहरूको सहभागीतामा सामाजिक तथा वित्तीय सीप रूपान्तरणसम्बन्धी आठ दिने “प्रशिक्षक प्रशिक्षण” तालिम सुरु भएको छ।
नगरपालिकाका सबै वडाबाट छनोट भएका २६ जना सहभागी रहेको उक्त तालिम आगामी चैत १० गतेसम्म सञ्चालन हुनेछ।
नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय को कार्यान्वयन तथा विश्व बैंक को आर्थिक सहयोगमा धनकुटा नगरपालिकाले तालिम आयोजना गरेको हो। कार्यक्रमको उद्देश्य किशोर तथा किशोरीहरूलाई सामाजिक र वित्तीय सीप हस्तान्तरण गर्न सक्षम प्रशिक्षक तयार गर्नु हो।
तालिमको उद्घाटन नगरप्रमुख चिन्तन तामाङ ले गरेका थिए। लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत तालिम सञ्चालन गरिएको हो। परियोजना कार्यान्वयन इकाइका GBV विज्ञ नुषराज श्रेष्ठ का अनुसार नगर क्षेत्रका विद्यालयहरूमा किशोर तथा किशोरी लक्षित सामाजिक तथा वित्तीय सीप सम्बन्धी कक्षा सञ्चालन गरिनेछ।