४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

Radio Khabar Palika

धनकुटाबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र, सुर्खेत घटनामा निष्पक्ष छानबिनको माग



४ चैत्र,धनकुटा । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक किशोरीमाथि भएको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा धनकुटाका विभिन्न संघसंस्थाले प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छन्।
प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौं पठाइएको उक्त ज्ञापन पत्रमा घटनाको निष्पक्ष, पारदर्शी र गम्भीर अनुसन्धान गर्न माग गरिएको छ। ज्ञापन पत्रमा फागुन २३ गते वीरेन्द्रनगर क्षेत्रमा ट्युशन पढ्न गएकी किशोरीमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको अमानवीय घटनाले समाजलाई स्तब्ध बनाएको उल्लेख छ। यस घटनाले महिला, बालबालिका तथा दलित समुदायको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ। ज्ञापनपत्रमा विभिन्न सञ्चारमाध्यममा आएका


बलात्कारपछि हत्या घटनामा निष्पक्ष अनुसन्धानको माग गर्दै ज्ञापन पत्र बुझाइयो ज्ञापनपत्रमा दलित विकास केन्द्र, नेपाल, दलित महिला संघ, धनकुटा, धनकुटा लेडिज जेसीज, महिला अधिकारका लागि राष्ट्रिय अभियान, धनकुटा, फिटनेस जोन, धनकुटा, दलित एकता समाज, नमस्ते नेपाल, धनकुटा, अनमसंघ धनकुटा नगर कमिटी, परियार सेवा समाज, धनकुटा र महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल, धनकुटा लगायतका संघ–संस्थाका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ । जसको नेतृत्व दलित विकास केन्द्रका अध्यक्ष गोपाल बराईलीले नेतृत्व गरेका थिए ।