
३ चैत्र धनकुटा । सोमबार राती ८ बजे देखि ९ बजे सम्म करिब एक घण्टा आएको हावाहुरीका कारण सदरमुकामका दुई दर्जनभन्दा बढी घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै विभिन्न स्थानमा रुख ढलेका छन ।

रुख ढलेको कारण धेरै स्थानमा क्षती पुगेको जनाइएको छ । त्यस्तै केही घरका छाना उडाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सरत कुमार थापा क्षेत्रीले जानकारी दिए । हावा हुरीका कारण रुख ढल्दा दर्जनौ सरकारी कार्यालययमा भवनमा क्ष्ती पुगेको प्रहरलिे जनाएको छ ।

धनकुटा नगरपालिकाको मदन चोक , विहीबारे हटिया,माथिल्लो कोप्चे, बालमन्दीर, भिमनारायण चोक, विचबजारमा रहेका घरमा क्षती पुगेको छ । त्यस्तै निगाले, कागते, सुकेपोखरी लगायतको स्थानमा समेत क्षती पुगेको छ ।

घरका छाना उडाएको, बिजुलीको पोल लडेका छन् सदरमुकाम बाहिर पनि हावाहुरी आएकाले क्षती भएको हुन सक्ने प्रहरीको अनुमान छ । हावाहुरीको क्षति संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

त्यस्तै रुख ढलेर कोशी राजमार्गको धनकुटा हिले खण्डको अवरुद्ध हटाइएको छ । क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए ।









