२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

Radio Khabar Palika

सगरमाथा चढ्न युवालाई चौबिसेले गाउँपालिकाले सहयोग गर्ने





२ चैत, धनकुटा। सर्बोच्च शिखर सगरमाथा आरोहिको तयारीमा रहेका चौबिसे गाउँपालिका वडा नं.६ राजारानी स्थित राजा ताल निवासी गौरव लिम्बुलाई पालिकाले सहयोग गर्ने भएको छ । २ बर्षको शिखर आरोहण तालिम पछि यहि १२ गते पहिलो पटक सोलुखुम्बुको आईलेन पिक आरोहणको अन्तिम तयारिमा रहेका ३६ वार्षिया लिम्बुलाई सगरमाथा आरोहणमा सहयोग गर्ने पालिका अध्यक्ष राजकुमार लिम्बुले बताए। चौबिसे गाउँपालिकाको पर्यटन प्रचार र प्रबर्द्धन गर्न लिम्बुले आईलेनको आईलेनको चुचुरोमा पुगेर चौबिसे गाउँपालिकाको ब्यानर फहराउने जानकारी दिए ।”त्यो पिक चढेपछि सगरमाथा चढ्ने बाटो खुल्छ” लिम्बुले भने ।
हाल करिव ५ लाखको लागतमा आईलेन पिक चढ्न लागेका लिम्बुले सगरमाथा चढ्न १५ देखि १८ लाख लागत लाग्ने जानकारी दिए । चौबिसेको पहिलो आरोही बन्ने अभिलाषा बोकेको बताउँदै लिम्बुलाई सगरमाथा चढ्न,पालिकाले आगमी नीति तथा कार्यक्रमबाट बजेटको ब्यवस्था गर्ने अध्यक्ष लिम्बूले जानकारी दिए । लिम्बू एटके एक्सन एजेन्सी मार्फत सगरमाथा चढ्न लागेको अध्यक्ष लिम्बुले जानकारी दिए। उनलाई शुभकामना दिँदै लिम्बुले भने- “यो आरोहण सकेर आएपछी पालिकालाई जानकारी गराउनुहोला,गाउँपालिकाले तपाईंलाई सकेको सहयोग गर्छ ।”