
२४ फागुन , धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धा गरेका १७ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ। कुल सदरमतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जोगिन सकेन।
निर्वाचन आयोगको प्रावधानअनुसार उम्मेदवारले जमानत जोगाउन कुल सदरमतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ। धनकुटामा खसेको कुल ५९ हजार २०८ सदर मतका आधारमा जमानत जोगाउन कम्तीमा ५ हजार ९२१ मत आवश्यक थियो।फागुन २१ गते सम्पन्न निर्वाचनमा जिल्लामा रहेका १ लाख १८ हजार ५२५ मतदातामध्ये ६४ हजार ९१ मत खसेको थियो। तीमध्ये ५९ हजार २०८ मत सदर र ४ हजार ८८३ मत बदर भएको थियो। धनकुटाको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार राजेन्द्रकुमार राई १८ हजार १३२ मतसहित विजयी भएका छन्। विजयी राईसहित नेपाली कांग्रेसका दिनेश राई, श्रम संस्कृति पार्टीका सानबहादुर राई र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले जमानत जोगाएका छन्। उनीहरुले क्र.म. श.१४ हजार २५७०,११ हजार ९३२० र ९ हजार ४४० ले जमानत जोगाएका छन । अन्य १३ उम्मेदवारले भने आवश्यक मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको छ। जमानत जफत हुने उम्मेदवारहरूमा नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बू, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, मंगोल नेशनल अर्गनाइजेसनका सागर राई, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० का रविनकुमार राई, जनता समाजवादी पार्टीका निशान राई, आम जनता पार्टीका प्रेमबहादुर थापा तथा स्वतन्त्र उम्मेदवारहरू लाक्पा तामाङ, जितेन्द्र राई र मनकुमार योञ्जन रहेका छन्। उनीहरूले प्राप्त गरेको मत संख्या जमानत जोगाउन आवश्यक ५ हजार ९२१ मतभन्दा कम रहेकाले जमानत जफत भएको हो।






