२२ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 7 2026

Radio Khabar Palika

धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुर राई अग्रस्थानमा




धनकुटा, २२ फागुन । धनकुटामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राई अग्रस्थानमा देखिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार राईले हालसम्म १ हजार ५ सय ९० मत प्राप्त गरेका छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ४० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले ७ सय ३४ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले १ सय ४४ मत प्राप्त गरेका छन्।
हालसम्म साँगुरीगढी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मको मतगणना सम्पन्न भएको छ। उक्त क्षेत्रबाट कुल ४ हजार ६० मत गणना हुँदा ३ हजार ७ सय २२ मत सदर भएको छ भने ३ सय ३८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
धनकुटामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेकामा ६४ हजार ४ सय २५ मत खसेको थियो। मतगणना प्रक्रिया अझै जारी रहेको छ।