
१९ फागुन,धनकुटा । धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले मतगणना स्थल तयार पारेको हो ।
सामुदायिक भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्यहाकाे हल प्रयाेग गरेर मतगणना स्थल तयार पारेको छ ।मत गणनाका लागि हलकाे एक साईटलाई तार जालीले पाटेसन गरिएको छ । तारजालीको पाटेससनमा कर्मचारी भित्रबाहिर गर्नका लागि ढोका बनाइएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ईङनामले जानकारि दिए । फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सोही दिन साँझदेखि मतगणना स्थलमा मत पेटिका आउन थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटामा १ लाख १८ हजार ४२५मतदाताले भोट हाल्दैछन् । एक सिटका लागि जिल्लामा १४ वटा दल र ३ स्वतन्त्रका गरि १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।







