
९ फागुन,धनकुटा ।कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका–१ निगालेमा शनिवार साँझ हाईस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
प्रहरीका अनुसार साँझ करिब ५:१५ बजे काठमाडौँबाट हिले तर्फ जादै गरेको ग २ ख १९५७ नम्बरको हाईस अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको हो। दुर्घटनालगत्तै प्रहरी टोली खटिएर उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पताल धनकुटामा ल्याइएको थियो।
दुर्घटनामा धनकुटा–१ बस्ने ३६ वर्षीय रामचन्द्र तामाङको टाउकोमा चोट लागेकाे छ उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान रेफर गरिएको छ।
यस्तै घाईते हुनेहरूमा , पाख्रीबास–६ बस्ने ३९ वर्षीय डिकबहादुर मगर, धनकुटा–१ बस्ने १८ वर्षीय अभिषेक मगर , धनकुटा–१ हिले बस्ने ३५ वर्षीय युमेश बिक , युमेश बिककी १३ वर्षीया छोरी निष्मा बिक उनकी श्रीमती ३५ वर्षीया कल्पना बिक, पाख्रीबास–२ बस्ने ४० वर्षीय झमकबहादुर आले रहेकाे प्रहरीले जनाएकाे छ । घाईते ६ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।
हायस चालक हुम्ला घर भई हाल काठमाडौँ महानगरपालिका–९ एकान्तकुना बस्ने ३९ वर्षीय विजय कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







