१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

Radio Khabar Palika

धनकुटामा प्रतिनिधि सभा निर्वाचनसम्बन्धी आचारसंहिता विषयमा सर्वदलीय–सर्वपक्षीय बैठक सम्पन्न



माघ १८,धनकुटा । धनकुटामा प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित आचारसंहिता कार्यान्वयनका विषयमा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा सम्पन्न बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा नागरिक समाज, संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैठकमा निर्वाचन आचारसंहिता पालना, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउने विषयमा छलफल गरिएको थियो । सहभागीहरूले आचारसंहिता उल्लंघन हुन नदिन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर कानूनको पालना गराउन निगरानी कडा पारिने जनाउँदै निर्वाचनलाई मर्यादित र भयरहित बनाउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिएको छ ।