
धनकुटा, १६ माघ । धनकुटामा भएको बस दुर्घटनामा ६ जना घाइते भएका छन्।
आज बिहान करिब ११ः४५ बजे धनकुटा नगरपालिका–१ हिले त्रिशुलेस्थित सडक खण्डमा तेह्रथुमको हाक्पाराबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको मनिषा ट्राभल्सको बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते हुनेहरूमा तेह्रथुमको लालीगुँरास नगरपालिका–२ बस्ने ५३ वर्षीय रेवन्त कुमार कामी, छथर गाउँपालिका–४ बस्ने २३ वर्षीय रबिन लिम्बु, २२ वर्षीय राज लिम्बु, धनकुटा छथरजोरपाटी गाउँपालिका–५ बस्ने २८ वर्षीया कुमुना रुचाल, उनकी ५ वर्षीया छोरी निक्खि रुचाल तथा धरान उपमहानगरपालिका–५ बस्ने ४७ वर्षीया चन्द्रकला लिम्बु रहेका छन्।
बसमा अन्दाजी १५ जना यात्रु सवार रहेको र घाइते ६ जनालाई तत्काल उपचारका लागि धनकुटा नगरपालिका–१ हिलेस्थित उज्यालो सामुदायिक पोलिक्लिनिकमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बस चालक सुनसरीको धरान उपमहानगरपालिका–७ बस्ने ४५ वर्षीय विष्णु थापा हिले प्रहरी चौकीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






