
नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार राईले धनकुटाकाे सहिदभूमिकी वाँसुरीवाधक तीर्थकुमारी राईलाई सम्मान गरेका छन । सहिदभूमि-१ सफाइटारकी बाँसुरीवाधक ४५ वर्षीया तीर्थकुमारीलाई आज गाउँमै पुगेर पूर्वमन्त्री राईले सम्मान गरेकन हुन । सम्मानका लागि आयाेजित कार्यक्रममा पूर्वमन्त्री राईले दाेसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरी बाँसुरीवाधक राईलाई सम्मान गरे। साे अवसरमा सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राईले पनि तीर्थकुमारीलाई प्राेत्साहनस्वरुप ५ हजार नगद प्रदान गरे । साे अवसरमा पूर्वमन्त्री राईले तीर्थकुमारीकाे बाँसुरीवादन कलाकाे प्रशंसा गर्दै गाउँमा लुकेकाे प्रतिभालाई प्राेत्साहन गर्न सम्मान गरिएकाे बताए । कार्यक्रममा वाेल्दै पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य निरन राई, सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राई लगायतले लुकेकाे प्रतिभालाई प्राेत्साहन र उजागर गर्न पूर्वमन्त्री राईले महत्वपूर्ण काम गर्नुभएकाे भन्दै उनकाे प्रशंसा गरे ।






