
धनकुटा, १० माघ ।
धनकुटामा नेपाली कांग्रेसले आगामी निर्वाचन जित्ने उद्देश्यसहित जिल्ला स्तरीय भेला आयोजना गरी चुनावी रणनितिहरु तय गरेको छ।
भेलामा नेपाली कांग्रेस धनकुटाका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार दिने राईले धनकुटाको विकास र समृद्धिका लागि नेपाली कांग्रेसलाई मतदान गरी विजयी गराउन मतदातासमक्ष आग्रह गरे। कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापतिहरू मनोहर नारायण श्रेष्ठ र हरीकुमार राई, प्रदेश सभा सदस्य इन्दिरा थापा, महासमिति सदस्य आनन्द सन्तोषी राई, जिल्ला सचिव विजय सन्तोषी राई, सह–सचिव श्रीराम रायमाझी, प्रदेश कार्यसमिति सदस्य गोविन्द्र लिम्बुलगायत नेताहरूले निर्वाचन जित्नका लागि प्रभावकारी रणनिति बनाउन सुझाव दिएका थिए। त्यसैगरी कार्यक्रममा पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, जिल्ला सदस्य गजेन्द्र घिमिरे, चन्द्र याखा, क्षेत्रीय सभापति (ख) राजन पौडेल, उपसभापति चन्द्र लिम्बु, दलित संघका केन्द्रीय सदस्य हरी दियाली, पाख्रिवास नगर कार्यसमितिका सभापति प्रेम भण्डारी, साँगुरीगढी गाउँपालिका सभापति नेपालधन राई, सहिदभूमि गाउँपालिका सभापति टंक राई, पाख्रिवास–४ का वडा सभापति श्यामप्रकाश राई, साँगुरीगढी–५ का वडा सभापति ओमप्रकाश लिम्बुलगायतले पनि आ–आफ्ना धारणा राख्दै निर्वाचन जित्ने रणनिति प्रस्तुत गरेका थिए ।नेपाली कांग्रेस धनकुटाका कार्यवाहक सभापति निर्मल ओझाको अध्यक्षतामा सम्पन्न उक्त बृहत भेलाले धनकुटामा कांग्रेसलाई विजयी गराउने विभिन्न रणनितिहरु तय गरेको जनाएको छ।यसै अवसरमा नेपाली कांग्रेस धनकुटा निर्वाचन मूल प्रचार–प्रसार समितिका संयोजक विजय सन्तोषी राईले उम्मेदवारको मनोनयन दर्तापछि हालसम्म सञ्चालन गरिएका अभियान र आगामी प्रचार–प्रसारका योजनाबारे जानकारी प्रस्तुत गरेका थिए ।






