१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

हिले बाहिनी प्रवेशद्वारमा पृथ्वीनारायण शाहको शालिक स्थापना



धनकुटा, २८ पुस । नेपाली सेनाले धनकुटाको हिलेस्थित २ नम्बर बाहिनी अड्डाको प्रवेशद्वारमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरेको छ। पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर आइतबार शालिकको औपचारिक अनावरण गरिएको हो।

शालिकको अनावरण नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी गौरवकुमार केसीले गर्नुभएको थियो। कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारी, सुरक्षाकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।राष्ट्र एकीकरणमा पृथ्वीनारायण शाहले पुर्‍याएको ऐतिहासिक योगदानको सम्मान तथा राष्ट्रिय एकताको भावना थप सुदृढ गर्ने उद्देश्यले शालिक स्थापना गरिएको २ नम्बर बाहिनीले जनाएको छ। सेनाले राष्ट्रनिर्माताको विचार, आदर्श र योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन यस्ता संरचनात्मक पहललाई निरन्तरता दिने जनाएको छ।