२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

Radio Khabar Palika

विशेष महाधिवेशन शक्ति र सत्ताको संघर्ष होईन ः गगन थापा



१. नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन शक्ति र सत्ताको संघर्ष नभई पार्टीलाई जनभावनाअनुसार अघि बढाउने सोचको भिन्नताबाट उत्पन्न भएको स्पष्ट पारे।

२. नेतृत्वले नभई प्रतिनिधिहरूको पहलमा विशेष महाधिवेशन भएको भन्दै महाधिवेशनले गर्ने निर्णय—नेता र नीति परिवर्तनसमेत—सबैले स्वीकार गर्नुपर्ने उनको धारणा थियो।

३. भ्रष्टाचार, कुशासन र बेथितिबाट असन्तुष्ट युवाहरूको भावना बुझ्ने, मनन गर्ने र सम्बोधन गर्ने प्रयास विशेष महाधिवेशनबाट हुने भन्दै कांग्रेस दास र लासहरूको पार्टी नभएको सन्देश स्थापित भएको उनले बताए।

पुस २७ , काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन शक्ति र सत्ताको संघर्ष नभएको स्पष्ट पारेका छन ।
आइतबार काठमाडौंमा पार्टीको विशेष महाधिवेशन उद्घाटन गर्दै महामन्त्री थापाले पार्टीलाई जनभावना अनुसार अघि बढाउने वा नबढाउने भन्ने सोचको भिन्नताका कारण आफुहरु विशेष महाधिवेशनमा होमिएको भन्दै यसलाई शक्ति र सत्ताको संघर्षको रुपमा नबुझ्न आग्रह गरे ।उनले नेतृत्वले नभइ कांग्रेस प्रतिनिधिहरुले विशेष महाधिवेशन आयोजना गरेकाले महाविधेशनले गर्ने निर्णय सवैले स्वीकार गर्नुपर्ने बताए । महाधिवेशनले चाह्यो भने नेता र नीति दुवै बदल्न सक्ने भन्दै महामन्त्री थापाले बन्दसत्रले गर्ने निर्णय आफूलाई स्वीकार हुने धारणा राखे । थापाले महाधिवशेन प्रतिनिधिहरुले गरेको प्रयासले कांग्रेस दास र लासहरुको पार्टी नभएको स्थापीत गर्न सफल भएको धारणा राखे ।उनले भ्रष्टाचार, कुशासन र बेथितिसँग रिसाएका युवाहरु सडकमा आएको भन्दे उनीहरुको भावनालाई बुझ्ने, मनन गर्ने र सम्बोधन गर्ने प्रयास विशेष महाधिवेशनबाट हुने बताए । विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र सोमबार हुनेछ ।