
२६,पुस धनकुटा। कोशी पहाडी बीउ व्यवसायी उत्पादक सहकारी संस्था लिमिटेड -कोसेपान- धनकुटाको पन्ध्रौँ साधारण सभा तथा अधिवेशनबाट धनकेशर खड्काको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। खड्का यसअघि पनि संस्थाको अध्यक्ष रहेका थिए। पुस २५ गते शुक्रबार नेपाल पत्रकार महासंघ धनकुटा शाखाको सभाहलमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा मदन दाहाल, सचिवमा लोकेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा कमला पराजुलीलाई चयन गरेको छ।त्यस्तै, कार्यसमिति सदस्यहरूमा पुरुषोत्तम अर्याल, केन्द्रबहादुर बुढाथोकी, आनन्दकुमार जोशी, सीता अधिकारी र वेणुबहादुर बस्नेत चयन भएका छन्।निर्वाचन समितिका संयोजक हरिबहादुर लम्जेलका अनुसार गोकुल लुईटेलको संयोजकत्वमा गोमालक्ष्मी बस्नेत र डिल्लीबहादुर कार्की सदस्य रहेको तीन सदस्यीय लेखा समिति पनि गठन गरिएको छ।निर्वाचनपछि बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले रामप्रसाद दाहालको संयोजकत्वमा निर्मला तुलाधर र ओमबहादुर बस्नेत सदस्य रहेको सल्लाहकार समिति गठन गरेको छ।साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।





