
१८ पुस, धनकुटा । धनकुटा सिटी जेसिजको १८औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वर्ष २०२६ का लागि जेसि विक्रम भट्टराईलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ ।
धनकुटा सिटी जेसिजको सम्पन्न साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । नव–निर्वाचित कार्यसमितिले संगठनको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवाहरूको क्षमता अभिवृद्धिमा सक्रिय भूमिका खेल्नेछ । अधिवेशनमा वर्ष २०२५ का अध्यक्ष जेसि दिनेश भण्डारीले आफ्नो कार्यकालको गतिविधि र उपलब्धिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तो छ निर्वाचन समिति
अधिवेशनको निर्वाचन प्रक्रिया निर्वाचन अधिकृत जेसि विजय अधिकार तथा निर्वाचन समिति सदस्य जेसि रमेश पौडेलको संयोजकत्वमा सम्पन्न भएको थियो ।
धनकुटा सिटी जेसिज कार्यसमिति २०२६ यस्तो छ
अध्यक्ष ः जेसि विक्रम भट्टराई
निवर्तमान अध्यक्ष (२०२५०) जेसि दिनेश भण्डारी
कार्यकारी उपाध्यक्षः जेसि दुर्गा घिमिरे, जेसि मिलन बुढाथोकी
कानुनी सल्लाहकारः जेसि सुवास खनाल
महासचिवः जेसि भोलाराज थापा
कोषाध्यक्षः जेसि सबिन श्रेष्ठ
उपाध्यक्षहरु
जेसि दर्शन थापा
जेसि सुबन श्रेष्ठ
जेसि इन्द्रबहादुर श्रेष्ठ
जेसि बिरेन्द्र तामाङ
सचिवः तुलसी जंग कार्की
जनसम्पर्क अधिकारी ः लिलम थापा
तालिम निर्देशकः दीपा थापा
प्रकरण निर्देशक ः आयुस थापा







