
पुस, ९ धनकुटा । रोटरी क्लब अफ पशुपती काठमाण्डौले धनकुटा नगरपालिका–१० मा अवस्थित श्री आधारभूत विद्यालय पारिपात्लेका बिद्यार्थीलाई जाडोमा लगाउने ट्रयाक सुट बितरण गरेको छ । मंगवार एक कार्यक्रम आयोजना गरी क्लबले बिद्यार्थीलाई ७० थान ट्रयाक सुट बितरण गरीएको हो । क्लवका अध्यक्ष गणेश सुबेदीको सिफारीसमा सो बिद्यालयका बिद्यार्थीलाई बिद्यार्थीले ट्रयाक सुट दिने निर्णय गरीएको क्लवले जनाएको छ । बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्न पाउदा निक्कै खुसीलागेको बताउदै अध्यक्ष सुवेदीले आगामी वर्षसमेत सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै बालबालिकाको शैक्षिक उन्नतिमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
बिद्यालयलाई गत हप्ता आयोजान गरीएको ५८ औ बार्षिक उत्सवकै दिन कपडा प्राप्त भएको थियो सोहि न्यानो कपडा मंगलबार बितरण गरीएको हो । विद्यालयमा साधारणदेखि बालविकास कक्षा र समावेशी शिक्षा अन्तर्गत बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययनरत रहेको बिद्यालयका प्रधानाध्याकप बिनोद सुबेदीले जानकारी दिए । विद्यालयका अनुसार वार्षिकोत्सव अवसरमा सहयोगी दाता रोटरी क्लब अफ पुतली कमलाडी, काठमाडौंलाई सम्मान गरिएको थियो । न्यानो कपडा बितरण कार्यक्रममा धनकुटा नगरपालिका वडा नं. १० का वडाध्यक्ष नगेन्द्र पाण्डे, वडा सदस्य सुरेश कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज बहादुर कार्की तथा अन्य सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।






