२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

Radio Khabar Palika

नेपाली कांग्रेसको १५औँ महाधिवेशन धनकुटाको पूर्ण एकताको महाधिवेशन हुने



धनकुटा, २८ मंसिर। नेपाली कांग्रेसको १५औँ महाधिवेशन धनकुटा जिल्लामा पूर्ण एकताको महाधिवेशन बनाइनु पर्नेमा जोड दिइएको छ। धनकुटाको पाख्रिवासमा पाख्रिवास नगर कार्य समितिद्वारा आयोजित वृहत भेलामा सहभागी कांग्रेसजनहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

नेपाली कांग्रेस धनकुटाका पूर्व सभापतिद्वय हरीकुमार राई र अग्नि प्रसाद पौडेलले १५औँ महाधिवेशन पुस्तान्तरण र रूपान्तरणको महाधिवेशन हुने बताएका छन्। उनीहरूले अनुभव र युवाशक्तिको समन्वयबाट पार्टीलाई थप सुदृढ बनाइने धारणा राखे।

यस्तै, नेपाली कांग्रेस धनकुटाका उपसभापति निर्मल प्रसाद ओझा, जिल्ला सचिवहरू विजय सन्तोषी राई र जयन्द्र घिसिङले १५औँ महाधिवेशनले वडा तहदेखि केन्द्रसम्म अभिभावक नेताहरूलाई सम्मान गर्दै युवापुस्तालाई नेतृत्वमा ल्याउने स्पष्ट पारे।

कार्यक्रममा पूर्व प्रदेश राज्यमन्त्री इन्दिरा थापा तथा पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङले पाख्रिवास नगरपालिकालाई समृद्ध बनाउने लक्ष्यसहित विभिन्न विकास अभियानहरू सञ्चालन भइरहेको जानकारी दिए।

नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति प्रेम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सहसचिव गिरिजा प्रसाद दाहाल, महासमिति सदस्य सुमना तिम्सिना, जिल्ला सदस्यहरू अम्बिका धमला, डि।बी। मोक्तान, गजम घिसिङ, पूर्व महासमिति सदस्य शरणकुमार राईलगायतको सहभागिता थियो।

त्यसैगरी वडा सभापति तथा वडाध्यक्षहरू—१ नम्बर वडा सभापति कुलबहादुर थापा, वडा अध्यक्ष भोगेन्द्र पाण्डे, ३ नम्बर वडा सभापति चन्द्र लिम्बु, ४ नम्बर वडा सभापति श्यामप्रकाश राई र वडा अध्यक्ष सन्तोष मानन्धर, ५ नम्बर वडा अध्यक्ष महेश राई, ६ नम्बर वडा सभापति लोचनराज गिरी र वडा अध्यक्ष देवेन्द्र गुरागाईं, ७ नम्बर वडा सभापति पूर्णबहादुर राई, ८ नम्बर वडा सभापति गणेश राई, १० नम्बर वडा सभापति समरबहादुर निरौलाको उपस्थिति रहेको थियो।कार्यक्रममा पाख्रिवास कांग्रेसका नेता निरज गुरुङ, विश्वास पुलामी, निशा खड्का, रमेश पाण्डे, पदम महत, युवराज पराजुली, कृष्ण गोविन्द अधिकारीलगायतले आ–आफ्ना धारणा राखेका थिए।कार्यक्रममा स्वागत मन्तव्य पाख्रिवास नगर कार्य समितिका उपसभापति चन्द्र बस्नेतले राखेका थिए भने कार्यक्रम सञ्चालन नगर कार्य समितिका सचिव वीरबहादुर थापाले गरेका थिए।भेलामा सहभागी सम्पूर्ण कांग्रेसजनहरूले १५औँ महाधिवेशनलाई धनकुटा कांग्रेसका लागि पूर्ण एकताको महाधिवेशन बनाउँदै जिल्ला देखि वडा तहसम्म सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्।