
नरेन्द्र कश्चित
मंसिर २६ धनकुटा ।धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं।(२ को ढोलमुखामा दोस्रो अन्तर पालिका स्तरीय पुुरुष भलिबल प्रतियोगितामा आज भएको फाइनल खेलमा हतुवागढी गाउँपालिका भोजपुर विजयी भएको छ ।
विजयी बनेसँगै नगद रु १ लाख १ हजार १ सय ११,ट्रफी,मेडल र प्रमाण(पत्र विजेता हतुवागढी गाउँपालिका भोजपुरले हात पारेको हो ।
धनकुटाको सहिदभुमि(२ छिन्ताङ्ग ढोलमुखा टोलमा आज भएको आमचोक गाउँपालिका भोजपुर र हतुवागढी गाउँपालिका भोजपुर बीच भएको फाइनल खेलमा हतुवागढी गाउँपालिका भोजपुरले सोझो सेटमा जीत हासिल गर्दै विजेता बनेको हो ।जसमा पहिलो सेट २५–२३, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले हतुवागढी गाउँपालिका भोजपुर विजयी बन्न सफल भएको हो ।
आमचोक गाउँपालिका भोजपुरले भने उप(विजेतामा चित्त बुझाउदै नगद रु ५५ हजार ५ सय ५५ , ट्रफी,मेडल र प्रमाण पत्र हात पारेको छ ।
आज भएको फाइनल खेलका म्यान अफ दि म्याच हतुवागढी गाउँपालिका भोजपुरका प्रदिप कट्टेल घोषित भए भने उनले नगद रु २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।सवोत्कृष्ट खेलाडी हतुवागढी गाउँपालिका भोजपुरका रविन गौतम घोषित भए भने उनले नगद रु ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।यसैगरि बेष्ट स्पाइकरमा हतुवागढी भोजपुर राज कुमार तामाङ घोषित भए भने तामाङले नगद रु २ हजार,मेडल र प्रमाणपत्र प्राप्त गरे ।वेष्ट सर्भर उप(विजेता टिम आमचोक गाउँपालिका भोजपुरका सन्देश विष्ट घोषित भए भने विष्टले नगद रु २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।वेष्ट सेटरमा विजेता टिम हतुवागढी गाउँपालिका भोजपुुरका विशाल राई घोषित भए भने राईले नगदप रु २ हजार,मेडल र प्रमाणपत्र प्राप्त गरे ।वेष्ट मिडल ब्लकर विजेता टिम हतुवागढी गाउँपालिकाकै एक्सन राई घोषित भए भने उनले पनि नगद रु २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।यसैगरि वेष्ट लिब्रो भने उप(विजेता टिम आमचोक गाउँपालिका भोजपुरका सन्तोष राई घोषित भए भने राईले नगद रु २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।बेष्ट कोच विजेता हतुवागढी गाउँपालिका भोजपुरका महेश घिमिरे घोषित भए भने उनले पनि नगद रु २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेता र उप(विजेता टिमलाई समापन समारोहका प्रमुख अतिथि सहिदभूमि गाउँपालिका वडा नं।(२ का वडा अध्यक्ष खगेन्द्र राई,खाल्साथुम छिन्ताङ्ग युवा क्लबका निवर्तमान अध्यक्ष अनिश राई,संस्थापक अध्यक्ष वसन्त राई,क्लबका सल्लाहकार राज कुमार राई९झगडे० लगायतकाबाट पुरस्कार बितरण गरिएको थियो ।





