६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

Radio Khabar Palika

डिजिटल हिंसा अन्त्य गर्न लक्षित एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न



१४ मंसिर ,धनकुटा । धनकुटा नगरपालिका–८ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत डिजिटल हिंसा रोकथाम सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

डिजिटल प्रविधिको सही उपयोग र महिलामाथि हुने डिजिटल हिंसा अन्त्यका उपायहरूबारे जानकारीमूलक सन्देश दिने उद्येश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । नमस्ते नेपाल महिला सञ्जाल, धनकुटा की अध्यक्ष अम्बिका धमला को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा धनकुटा नगरपालिकाकी उप–प्रमुख भिमा खनाल, पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, धनकुटा नगरपालिका–८ का वडा अध्यक्ष रसबहादुर राई, प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरूले डिजिटल सुरक्षितताको विषयलाई सामूहिक प्रतिबद्धताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए। कार्यक्रममा देउराली मावी सान्ताङका विद्यार्थी तथा शिक्षकहरुको समेत सहभागीता रहेको नमस्ते नेपाल महिला सञ्जाल, धनकुटा की अध्यक्ष अम्बिका धमलाले जानकारी दिईन ।