
६ मंसिर, धनकुटा ।
किरात आठपहरिया भाषा, साहित्य तथा सांस्कृतिक विभाग धनकुटाद्वारा आयोजित ‘धन्यवाद ज्ञापन तथा अग्रज सम्मान कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रमा आठपहरिया समुदायको संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याउने अग्रजहरूलाई विशेष सम्मान गरिएको हो।

कार्यक्रमका वक्ताहरूले आठपहरिया संस्कृति, भाषा र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्न सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको धारणा राखे। उनीहरूले आठपहरिया पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउन सामूहिक हातेमालो आवश्यक रहेको पनि बताएका छन ।

संस्कृति जोगाउनु समुदायको दायित्व भएको उल्लेख गर्दै वक्ताहरूले नयाँ पुस्तालाई आफ्नो मौलिक परम्परा र भाषा सिकाउने वातावरण निर्माण गर्न आग्रह गरे। यस्ता कार्यक्रमले आठपहरिया समुदायभित्र सांस्कृतिक जागरण र एकताको सन्देश दिने विस्वास बक्ताहरुले गरेका छन । किरात आठपहरिया भाषा, साहित्य तथा सांस्कृतिक विभाग धनकुटाका अध्यक्ष बिच्छा बहादुर आठपहरीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गितकार विमला आठपहरीयाले विभिन्न बाद्यवादन सामाग्री हस्तान्तर गर्नुभएको छ ।








