४ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025

Radio Khabar Palika

किबीले लटरम्म धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ को तोरीबारी गाउँ (फोटो फिचर)



मंसिर १, धनकुटा ।धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–२ मारेकटहरेमा दुर्गामणि पौडेलले किबी प्रशोधन उद्योग सञ्चालनमा ल्याउनुभएको छ । उहाँले एकल लगानीका करिब दस करोड रुपियाँ लगानी गरी उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

उद्योग स्थापना भएपछि धनकुटासहित कोशी पहाडका किबी उत्पादन कृषकलाई बजारको समस्या हटेको छ । गाउँमा उत्पादन भएको किबीलाई गाउँमै खपत गर्न स्थानीय पौडेलले उद्योग सञ्चालनमा ल्याउनुभएको हो । वसन्तपुर तिनजुरे बेवरेजले करिब दस करोड रुपियाँ खर्चमा तोरीबारी गाउँमा किवीको प्रशोधन उद्योग निर्माण गरी तिनजुरे किबी बगान वाइन उत्पादन सुरु गर्नुभएको हो ।