२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

Radio Khabar Palika

धनकुटाको डाडागाउँमा कांग्रेसका अभिभावक स्व. चन्द्र कुमारी पौडेलप्रति श्रद्धाञ्जली



धनकुटा, २८ कार्तिक । महालक्ष्मी नगरपालिका–१, डाडागाउँमा नेपाली कांग्रेस धनकुटाले पार्टीकी अभिभावक स्वर्गीय चन्द्र कुमारी पौडेलको ११औँ पुण्य स्मृति दिवसको अवसरमा आज श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपाल चन्द्र पौडेल, जिल्ला सदस्य नेत्रबहादुर पौडेल, क्रियाशील सदस्य राधाकृष्ण पौडेल, समाजसेवी मिनबहादुर पौडेल, नीलबहादुर पौडेललगायत उनका परिवारजन सहभागी थिए। उनीहरूको मातृशोकको स्मृतिमा कांग्रेस धनकुटाले श्रद्धाञ्जली सभा आयोजना गरेको हो।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, महाधिवेशन प्रतिनिधि खेम पौडेल, जिल्ला सदस्य जितबहादुर कुँवर, प्रदेश महाधिवेशन प्रतिनिधि विजय अधिकारी, प्रदेश सदस्य सबिन चापागाईं, महालक्ष्मी–३ का वडा सभापति चिरञ्जीवी कोगेन लगायत नेताहरूले स्व। चन्द्र कुमारी पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना व्यक्त गरे। उनीहरूलाई कांग्रेस धनकुटाका तर्फबाट समवेदना पत्र प्रदान गरिएको थियो।
८६ वर्षको उमेरमा निधन भएकी स्व। पौडेलका छोराहरू—नेपाली कांग्रेसका नेता गोपाल चन्द्र पौडेल, समाजसेवी मिनबहादुर पौडेल, नीलबहादुर पौडेल, कांग्रेस जिल्ला सदस्य नेत्रबहादुर पौडेल, क्रियाशील सदस्य राधाकृष्ण पौडेल—छोरीहरू देवी माया न्यौपाने, कमला बस्नेत तथा बुहारीहरू दिलकुमारी पौडेल, मञ्जु पौडेल, दिलमाया पौडेल, कृष्णकुमारी पौडेल र सारदा पौडेल रहेका छन्।
त्यसैगरी नातिहरूमध्ये नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समितिका उपसभापति बिष्णु विक्रम पौडेल, डिल्लि पौडेल सहित नाति–नातिनी, नातिनिवुहारी तथा पनाती–पनातिनीहरू पनि छन्।
स्व। चन्द्र कुमारी पौडेलको निधनले नेपाली कांग्रेस धनकुटालाई अपूरणीय क्षति पुगेको कांग्रेस धनकुटाका सभापति दिनेश राई र सचिव विजय सन्तोषी राईले बताएका छन्।