
घटनापछि गाउँपालिका अध्यक्ष र कर्मचारीले अलग–अलग विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरे ।
२७,कार्तिक,धनकुटा ।धनकुटाको साँगुरीगढी गाउँपालिकामा वडाध्यक्ष र कर्मचारीबीचको विवाद सतहमा आएको छ। मङ्सिर २६ गते साँझ करिब ४ः३० बजे गाउँपालिकामा कार्यरत योजना अधिकृत दोर्णबहादुर राईमाथि वडा नं। १ का वडाध्यक्ष गोविन्द लिम्बूले कुटपिट गरेको घटनापछि कर्मचारीहरूले कडा विरोध जनाएका छन्। कर्मचारीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा जनप्रतिनिधिबाट भएको यस्तो व्यवहारले कर्मचारीको मनोबल गिराएको उल्लेख गर्दै तत्काल कानुनी कारबाहीको माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “जनप्रतिनिधिले आफ्नो अधिकार सीमाभन्दा बाहिर गएर कर्मचारीमाथि हातपात गर्नु निन्दनीय कार्य हो। यस्तो घटनामा संलग्न वडाध्यक्षमाथि कानूनी कारबाही हुनुपर्छ, अन्यथा आन्दोलनमा जान बाध्य हुने छौं।” उता गाउँपालिका अध्यक्ष जितेन्द्र राईले अर्को विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाहरूलाई गलत व्याख्या गरिएको दाबी गरेका छन्। अध्यक्ष राईले गाउँपालिकाको विकास र सेवा प्रवाहलाई असर पार्ने गतिविधि नगर्न सबैलाई आग्रह गर्दै भनेका छन्, “गाउँपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य र सम्मान अपरिहार्य छ। केही असमझदारीलाई अनावश्यक रूपमा प्रचार गर्ने प्रयास भइरहेको छ।” दुवै पक्षका विज्ञप्ति सार्वजनिक भएपछि गाउँपालिकाको वातावरण तनावपूर्ण बनेको छ। स्थानीय प्रशासन र सरोकारवालाहरूले घटनाको छानबिन गरी कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। अध्यक्ष र कर्मचारी दुबै पक्षले विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन । उता एमालेले पनि गाउँपालिकामा शुशासन कायम हुनुपर्ने , जनप्रतिनिधि कुटने कर्मचारी चाहिदैन, अध्यक्षकाे मनोमानी चल्दैन जस्ता नारा लगाउदै विरोद्ध प्रद्र्शन गरेका छन ।





