१८ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025

Radio Khabar Palika

धनकुटा नगरपालिकामा दुई दिन स्थानीय बिदा



१६ कार्तिक, धनकुटा ।
धनकुटा नगरपालिकाले आगामी कात्तिक १९ र २० गते स्थानीय बिदा दिने निर्णय गरेको छ।नगरपालिकाले जारी गरेको सूचना अनुसार, आठपहरीया समुदायले मनाउने ‘महान चाड बाडाङमेट( मंसिरे चार्ड) पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको हो। बिदाको समयमा नगरपालिकाको कार्यालय (आवश्यक सेवा बाहेक) वडा कार्यालयहरू तथा नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू बन्द रहने नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “धनकुटा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय र विद्यालयहरूमा कात्तिक १९ र २० गते स्थानीय बिदा दिने निर्णय भएको जानकारी गराइन्छ।”