१ कार्तिक २०८२, शुक्रबार | Sat Oct 18 2025

Radio Khabar Palika

धनकुटामा आयुर्वेद सेवा विस्तार, उपचार लिन आउनेको चाप बढ्दो



३१ असोज ,धनकुटा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा सेवा विस्तारसँगै उपचार गर्न आउने सेवाग्राहीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। कोशी प्रदेशका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न समन्वयात्मक समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८०र८१ मा ६ हजार ७७४ र २०८१र८२ मा ७ हजार ७३० जनालाई सेवा दिइएको जानकारी दिइयो।

केन्द्रबाट ओपीडी, प्रयोगशाला, निःशुल्क औषधि वितरण, योग, पूर्वकर्मरपंचकर्म, सशुल्क फार्मेसी सेवा नियमित रूपमा सञ्चालनमा छन्। पेटसम्बन्धी, हाडजोर्नी, मानसिक, छाला, मधुमेह, उच्च रक्तचाप, मोटोपना, पत्थरी आदि रोगको उपचार गरिँदै आएको छ। जिल्ला समन्वय समिति अध्यक्ष निरेन तामाङ र प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आयुर्वेद उपचारप्रति जनविश्वास बढ्दै गएको धारणा राखे।डा. विद्या श्रेष्ठका अनुसार प्रयोगशालामा रगत, पिसाब, दिसा लगायत परीक्षणका लागि अत्याधुनिक उपकरण प्रयोगमा छन्। केन्द्रबाट २३ प्रकारका आयुर्वेद औषधि निःशुल्क वितरण भइरहेका छन् भने ज्येष्ठ नागरिकलाई अश्वगन्धा, आमलकी चुर्ण तथा स्तनपायी आमालाई सतावरी चुर्ण, दशमूल तेल वितरण भइरहेको छ।शिरोधारा उपचार माइग्रेन, डिप्रेसन, अनिन्द्रालगायत समस्यामा प्रभावकारी भएको जनाइएको छ।कार्यक्रममा सहायक आरोग्य केन्द्रहरूबाट सेवा विवरण प्रस्तुत गरिनुका साथै उत्कृष्ट कार्यका लागि पाख्रिवास केन्द्रकी मनिषा कुमारी उरावलाई सम्मानपत्र प्रदान गरिएको थियो।