
२९ असोज धनकुटा। धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइ राम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका वडा नं ६ की वर्ष ५५ की गंगा कार्की र महालक्ष्मी नगरपालिका ९ का वर्ष ६० का डिल्ली बराल रहेकोे प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाईतेहुनेहरुमा केराबारी ९ मोरङकी ६० बषिृय देवि न्यौपाने, महालक्ष्मी ९ की ७५ बर्षिय तारदेवि काफ्ले,महालक्ष्मी ८ की १७ बर्षिय खुशी लुङगेली,मोरँ गछिया की ८ वषर््िाय अंकिता खड्का र महालक्ष्मी ७ की श्रीजना जीमी रहेको प्रहले जानकारी दिएको छ ।

घाइतेहरुको धनकुटा अस्पतालमा उपचार भइरहेको छ। बस उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको भनिएपनि दुर्घटनाको यथार्थ कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

