२८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025

Radio Khabar Palika

धनकुटामा सडक दुर्घटना सम्बन्धी कृतिम अभ्यास प्रद्धर्शन (फोटो फिचर)



२८ असोज, २०८२ धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा आज धनकुटाको जिरोप्वाइन्टमा सडक दुर्घटनासम्बन्धी कृतिम अभ्यास कार्यक्रम सम्पन्न भएको छ। दुर्घटनापछि उत्पन्न हुन सक्ने जटिल अवस्थाको सामना कसरी गर्ने भन्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। कृतिम अभ्यासमार्फत सडक दुर्घटना के कारणले हुन सक्छ, दुर्घटना भएमा तत्काल के गर्नुपर्छ, उद्धार कसरी गर्ने, र त्यस परिस्थितिमा समन्वय कसरी गर्नुपर्छ भन्ने विषयमा प्रदर्शन गर्दै जानकारी गराइएको थियो।


सडक दुर्घटनामा तत्काल उद्धार, प्राथमिक उपचार, र ट्राफिक व्यवस्थापन अत्यन्त आवश्यक हुन्छ। यस्तो अभ्यासले सम्बन्धित निकायबीचको समन्वयलाई मजबुत पार्नुका साथै नागरिकमा जागरुकता फैलाउने विश्वास लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक सरत कुमार थापा क्षेत्रिले जानकारी दिए ।

उहाँले नियमित रूपमा यस्ता अभ्यास गरिने जनाउँदै नागरिकको सुरक्षा र सतर्कताको लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा धनकुटाकाप्रमुख जिल्ला अधिकारी शिवराम गेलालले यस्ता खाले अभ्यासले नागरीक सचेत हुने हुदाँ सडक दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने बताए । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी—तीनवटै सुरक्षा निकायको सक्रिय सहभागिता रहेको थियो। स्थानीय बासिन्दा, सर्वसाधारण र विद्यार्थीसमेतले अभ्यास हेरेका थिए। उनीहरूले यस्तो कार्यक्रमले दुर्घटनाप्रति सचेतना बढाउने भन्दै प्रसंसा व्यक्त गरेका छन्।