२६ आश्विन २०८२, आइतबार | Sun Oct 12 2025

Radio Khabar Palika

धनकुटा नगरमा र चानुवामा कांग्रेस र शिक्षक संघको श्रद्धाञ्जली कार्यक्रम



२४ असोज, धनकुटा । नेपाली कांग्रेस धनकुटा र नेपाल शिक्षक संघ धनकुटाले बिहिबार धनकुटा नगरमा र महालक्ष्मी नगरपालिका चानुवाको रुपाटारमा संघको अभिभावकहरुको निधनमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका पूर्व जिल्ला सदस्य तथा तत्कालिन चानुवा गाविसका कांग्रेसका सभापती टेक वहादुर चापागाईकी श्रीमती तथा नेपाली कांग्रेस धनकुटा र नेपाल शिक्षक संघ धनकुटाका अभिभावक स्वर्गीय थिरमाया चापगाईको ९ औं पुण्य दिनमा नेपाली कांग्रेस धनकुटा र नेपाल शिक्षक संघ धनकुटाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,महालक्ष्मी नगरपालिकाका प्रमुख तथा पालिका सभापती ध्रुवराज राया,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु,नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक वहादुर महत, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य रमेश वस्नेत, जित वहादुर कुवर लगातको सहभागिता रहेको थियो ।


ं७३ बर्षको उमेरमा निधन हुनु भएका नेपाली कांग्रेस धनकुटा र नेपाल शिक्षक संघ धनकुटाका अभिभावक थिरमाया चापागाईको श्रीमान नेपाली कांग्रेस धनकुटाका पूर्व जिल्ला सदस्य एवं तत्कालिन चानुवा गाविसका सभापती टेक वहादुर चापागाई,छोरा छोरी नेपाल शिक्षक संघ धनकुटाका सदस्य राजन चापागाई ,शारदा देवी चापागाई ,नम्रता चापागाई,बुहारी दिपा चापागाई र नाती नातीनीहरु रहेका छन ।
यसैगरी नेपाली कांग्रेस धनकुटाका अभिभावक तथा नेपाल शिक्षक संघ धनकुटाका संस्थापक सचिव समाजिक व्यक्तित्व स्वर्गीय रेणुका श्रेष्ठको ११ औ पुण्य दिन धनकुटामा धनकुटा कांग्रेस र नेपाल शिक्षक संघले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । उक्त श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल टेड यूनियन कांग्रेसका केन्द्रिय सदस्य विगेन्द्र याखा,महासमिति सदस्य गंगाराम ढुंगाना ,नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष थिरेन्द्र सुब्बा,नेपाल तरुण दलका केन्द्रिय सदस्य लिलक वहादुर महत,नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रिय कार्य समितिका उपसभापती तथा ६ नम्वर वडाका अध्यक्ष मिलन खड्गी,६ नम्वरका वडा सभापती रुपेश श्रेष्ठ,नेपाल शिक्षक महासंघ धनकुटाका सचिव घनेन्द्र सुब्बा,नेपाल शिक्षक संघ धनकुटाका सचिवहरु रोहणी पाण्डे लगायतको उपस्थिती रहेको थियो ।