१४ आश्विन २०८२, मंगलबार | Wed Oct 1 2025

Radio Khabar Palika

पुजीवादको विकल्प पुजीवाद नभई नेपाली विषेशताको समाजवाद ः तिर्थ सी



१० असोज , धनकुटा । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा केन्द्रिय स्कुल विभाग सदस्य तिर्थ सिले पुजीवादको विकल्प पुजीवाद नभई नेपाली विषेशताको समाजवादमा जानुपर्ने आवश्यता रहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी, धनकुटाले शुक्रबार जेन्जी विद्रोह, नयाँ परिस्थिती र अबको निकास” शीर्षकमा गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । अब लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरा अन्य राजनितिक दलले पनि छाडी अहिलेको युगले चाहेको व्यवस्थालाई अगाल्दैै अगाडी बढनुको विकल्प नरहेको उनको भनाई छ । कार्यक्रममा उनले नेपालको विशेषता अनुसारको समाजवाद, एकीकृत जनक्रान्ति र नयाँ पुस्ताको भूमिकाबारे आफ्ना धारणा राखेका थिए। त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काग्रेसका सचिव विजय सन्तोषी राई, नेकपा एमालेका सचिव परशुराम नेपाल ,नेकपा माओवादी केन्द्रका ओमप्रकास निरौला जेनजीका लिडर सिरज जाेशी लगायतले अब नया पुस्ताले चाहे अनुसारको काम गर्दै जानुपर्ने बताए । कार्यक्रममा विभिन्न संघसस्थाका प्रमुख एवं प्रतिनिधिहरुले अहिलेको बदलीदो परिस्थतीको विषयमा आफना धाराण राखेका थिए । धनकुटामा भएको सो कार्यक्रममार्फत पार्टीले हालको सामाजिक–राजनीतिक अवस्थाबारे युवापुस्तासँग प्रत्यक्ष संवाद गर्दै नयाँ पुस्ताको विचार र चुनौतीबारे छलफल गरेको हो। कार्यक्रममा “मार्क्सवाद, लेनिनवाद, माओवाद”को सन्दर्भसहित नेपाली समाजवादलाई बलियो बनाउने मार्ग र जेनजी पुस्ताको योगदानबारे बहस गरिएको आयोजकले जानकारी दिएको छ । पार्टीका स्थानीय नेतृत्वले युवापुस्ताको सक्रिय सहभागिता बिना सामाजिक रूपान्तरण सम्भव नहुने बताउँदै यस्ता कार्यक्रमले नयाँ विचार आदान–प्रदानमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।