
९ असोज , धनकुटा । चाडपर्व नजिकिएसगै बजारमा अखाद्य बस्तुहरु भित्रिएको उपभोक्ताको गुनासो आएपछी धनकुटामा चाडपर्व लक्षीत बजार अनुगमन गरिएको छ । अनुगमनमा ४१ वटा किराना, होटल र मासुपसल अनुगमन गरिएको हो । धनकुटा नगरपालिकाको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन , घरेलु तथा साना उद्योग महासंघ, उद्योग बाणिज्य संघ लगायतको संयुक्त टोलीले गरेको बजार अनुगमनको क्रमममा विभिन्न अखाद्य बस्तु तथा पेयपदार्थ भेटिएको थियो ।

अनुगमनमा म्याद गुज्रिएका पेयपद्धाथमा स्प्राई, ड्यू, कोक, फेन्टा र फ्रुट्री लगायतका बस्तु तथा अखाद्यमा चिप्स, बेकरी जन्य बस्तु, आटा, प्याकेजिङ जन्य खाद्यान्नको म्याद नराखिएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशील कोईरालाले जानकारी दिए । अनुगमनको क्रममा होटलमा पुनः प्रयोग गरिएको तोरीको तेल १४ लिटर नस्ट गरिएको थियो । होटल २० वटा ,मिठाइ पसल ३ वटा खाद्य तथा किराना पसल १५ वटा र मासुपसल ३ ओटा गरि जम्मा ४१ ओटा पसल अनुगमन गरिएको धनकुटा नगरपालिकाकी उपप्रमुख भिमा खनालले जानकारी दिईन । अनुगमनको क्रममा पसलहरुमा मूल्य सुची नराखिएको हुदाँ राख्न आग्रह गरिएको ,अखाद्य बस्तु बेच बिखन नगर्न र आगामी दिनमा गर्ने गरेको पाईएमा कारबाही हुने समेत जानकारी गराइएको हो । चाडबाडमा खाद्यान्न तथा पियपदार्थ अत्याधिक बिक्रि हुने भएकाले म्याद गुज्रिएका बस्तु मिसावट हुने गरेको पाईएकाले बजार अनुगमन तिब्रता दिईएको उनले बताईन। चाडपर्व लषीत गरि विशेष अनुगमन समेत गरीने बताईएको छ । उपभोक्ताहरु नठगिउन र म्याद गुज्रिएका खाद्य बस्तु उपभोग नगरुन भन्ने उदेश्यले अनुगमन गरिएको जनाईएको छ ।
अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका खाद्यान्न पेयपदार्थ जफत गरि फोहोरमैला व्यवस्थापन केन्द्रमा नष्ट गरिएको थियो । पसलबाट करिब ३४ हजार ४ सय बराबरको सामान जफत गरिएको थियो ।
