
३ असोज,धनकुटा । संविधान दिवस, २०८२ धनकुटामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । धनकुटा लगायत देशभरका सरकारी तथा गैरसरकारी कार्यलयहरु, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघ–संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका छन । जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, संघसंस्था , सुरक्षाकर्मी तथा कर्मचारी लगायतको सहभागितामा प्रभात फेरी गरिएको छ। धनकुटाको भिमनारायण चोकबाट सुरुभएको प्रभात फेरीले बजारका विभिन्न भाग परिक्रमा गरि बसपार्कमा गएर सम्पन्न भएको थियो ।

कार्यक्रममा भीमनारयणको शालिक र बसपार्कमा रहेको शहीद स्तम्भमा माल्यार्पण गरिएको थियो। धनकुटामा आयोजित प्रभातफेरी पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले देशमा रहेको संविधानको रक्षा गर्दै भर्खरै भएको जेनजी आन्दोलनका माग सम्बोधन गर्ने क्रममा रहेको बताए । उनले राजनितिक दलहरुले विगतमा भएका कमिकमजोरी सच्याएर अघि बढ्नुपर्ने धाराणा राखे । यसैगरि धनकुटाका विभिन्न राजनितिक दलले पनि फरक फरक तरिकाले संविधान दिवस मनाउने तयारी गरेका छन। नेकपा एमाले धनकुटाले संविधानको रक्षाका लागि धनकुटामा शक्ति प्रदर्शनको आयोजना गरेको छ । नेपालली कार्गेशले विभिन्न ठाउमा दिपप्रज्वलन गर्ने जनाएको छ भने नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयमा संविधान दिवस मनाउने तयारी गरेको जनाएका छ । यस्तै जिल्ला स्थित विभिन्न स्थानीय तहमा पनि स्थानीय तह तथा संघसंस्थाहरुले पनि यो दिवस विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरेका छन्।
