३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

Radio Khabar Palika

धनकुटामा एमालेले गर्यो जनप्रदर्शन



३ असोज, धनकुटा । लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भन्दै संविधान दिवसको अवसरमा एमाले धनकुटामा जन प्रदर्शन गरेकाको छ । नेकपा एमाले धनकुटा र युवा संघ धनकुटाको आयोजनमा उक्त जनप्रदर्शन गरिएको हो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछिका गतिबिधीले गणतन्त्र धरापमा पर्ने भन्दै त्यसको बिरोधमा एमाले जनप्रदर्शन गरेको एमाले धकुटा अध्यक्ष शिव लिम्बुले जानकारी दिए ।


धनकुटाको मदन चोकबाट सुरु भएको जनप्रदर्शन हुलाकटोल, वीचबजार, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत भएको थियो। सभालाई एमाले धनकुटाका इन्चार्ज तथा पूर्वमन्त्री राजेन्द्र राईले जेनजीको नाममा भएका अराजक गतिबिधीहरु छानबिन गर्नुपर्ने माग गरे । एमाले धनकुटाले जनप्रदर्शनमा जेनजी आन्दोलनका नाममा आगजनी र लुटपाट गर्ने कारबाही गर, संविधानको रक्षा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेको थियो। संविधानको रक्षाका लागि भन्दै एमालेले संविधान दिवसको अवसर पारेर देशभर जनप्रदर्शन गरेको थियो। धनकुटामा भएको जनप्रदर्शमा कोशी प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुली , निरन राई लगायत एमालेबाट निर्वाचित जनप्रतिनिधीहरु र एमाले धनकुटाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको सचिव परशुराम नेपालले जानकारी दिए ।