३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025

Radio Khabar Palika

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि



३१ भदौ,काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
मंगलबार शिक्षण अस्पतालबाट शवयात्रा सहित पशुपति आर्यघाट पुगेर जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शहीदको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान अर्पण गरेका थिए भने सुरक्षा निकायले सलामी अर्पण गरेको छ । केहि शहीदहरुको पार्थिक शरीरलाई अन्त्येष्टिका लागि गृह जिल्ला लगिएको छ ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । त्यसैगरि बुधबार असोज १ गते राष्ट्रिय शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरिसकेको छ ।