२४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025

Radio Khabar Palika

जेनजीको धनकुटामा शान्तिपूर्ण प्रदर्शन ( फोटो फिचर सहित )



२३ भदौ,२०८२,धनकुटा । जेनजीले धनकुटामा आज शान्तिपूर्ण प्रदर्शन गरेका छन् । हालको सामाजिक, राजनीतिक तथा सांस्कृतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले प्रदर्शन गरेका हुन् । र्याली धनकुटा सदरमुकामस्थित चुवाको वोट चोकमा भेला भएर मदन चोक, वसपार्क पुगेर पून मदनचोक भीमनारायण चोक, तल्लो तथा माथिल्लो कोप्चे हुँदै चुवाको वोट चोकमा पुगेर विसर्जन भएको थियो । प्रदर्शनीको क्रममा युवायुवतीले प्लेकार्ड र ब्यानरसहित भ्रष्टाचार विरुद्ध नाराजुलस लगाएका थिए । जेनजीको प्रदर्शनलाई आम नागरिकले उत्सुकतापूर्वक हेरेका थिए । प्रदर्शन गर्दै समावेशी नीति, रोजगारी, शिक्षा तथा समृद्ध भविष्यको माग गरेका थिए । आयोजकहरूले प्रदर्शनलाई पूर्ण शान्तिपूर्ण बनाएका थिए भने सुरक्षा निकायको उपस्थिति पनि देखिएको थियो ।