१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025

Radio Khabar Palika

अनेम संघ क्रान्तिकारी महालक्ष्मी नगर कमिटी गठन, अध्यक्ष मा टंकी गुरुङ सर्वसम्मत



१५ भदौ, धनकुटा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट अखिल नेपाल महिला संगठन ९क्रान्तिकारी० को नगर कमिटी गठन भएको छ । महालक्ष्मी नगरपालिका वार्ड नं ७ जीतपुरमा शनिवार भएको कार्यक्रममा क। टंकी गुरुङको अध्यक्षतामा नगर कमिटी सर्वसम्मत गठन भएको हो ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष क। कुसुम श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा अनेम संघ ९क्रान्तिकारी० धनकुटा जिल्ला अध्यक्ष क। गिता गुरुङ खेवा र अनेम संघ ९क्रान्तिकारी० प्रदेश सदस्य क। सानु कार्की बस्नेतको आथित्यतामा सम्पन्न भएको कार्यक्रम ४० जना भन्दा बढी अनेमसंघ समर्थक महालक्ष्मी नगरबासी महिलाको उपस्थिति रहेको थियो।

राजनीतिक क्षेत्रमा महिलाको उपस्थिति न्यून छ अतः राज्यका सबै क्षेत्रमा महिलाको सक्रिय उपस्थिति आजको आबश्यकता हो भनी प्रमुख अतिथि श्रेष्ठले बताइन ।

त्यसैगरी महिलाका हक अधिकारका विषयलाई संविधानमा प्रत्याभूत गरिएको छ, जुन महिला समावेशिताको नारा जनयुद्धमा घन्किएको थियो। ति मूद्दाहरुलाई माओवादीले स्थापित गराएको कूरा जनताका घरदैलोसम्म पुर्याउनू पर्छ भनी अनेम सघ क्रान्तिकारी कोशी प्रदेश सदस्य तथा माओवादी केन्द्र महालक्ष्मी नगरसमिति उपाध्यक्ष क। सानु कार्की बस्नेतले जानकारी दिइन ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को जनवर्गिय संगठन हो। अनेमसंघ ९क्रान्तिकारी० को सातौ अधिवेशन २०८२ भाद्र १८९२० सम्म काठमाडौंमा हुन गई रहेको छ।