८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025

Radio Khabar Palika

प्राकृति स्रोत व्यवस्थापन कलेज पाख्रिवासको नेविसंघको नेतृत्वमा रञ्जनकुमार मेहता



८भदौ२०८२,धनकुटा । धनकुटा जिल्लाको पाख्रिवासको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा भएको नेपाल विद्यार्थी संघको चौथो क्याम्पस अधिवेशनबाट रञ्जन कुमार मेहताको नेतृत्वमा नया समिति चयन भएको छ ।
चौथो अधिवेशनबाट सभापति रञ्जन कुमार मेहता,वरिष्ट उपसभापति बिनिता ढकाल, उपसभापती हरुमा क्रमश सुमेश कुमार यादव विपना कटुवाल र बिमला पोखरेल ,सचिवमा उपास न्यौपाने,सहसचिव द्धयमा संजय यादव र सुजन थापा,कोषाध्यक्षमा उत्तम देवलाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा स्नेतहा दास,रोमन राई,साधना पौडेल,गरिमा सुब्बा,सुरज रजक,अंकित मंडल, प्रतिमा यादव,कृतिका पल स्वास्तिका पन्त,अमरलता मण्डल र दर्पण भट्टराईलाई चयन गरेको निर्वतमान सभापती सुरज आर्चायले बताए ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल विद्यार्थी संघका पूर्व नेता तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले विद्यार्थीहरु परिवर्तन र सिर्जनाका सम्वाहक भएको बताए। उनले नेपाल विद्यार्थी संघ नेपालकै सर्वाधाकि लोकप्रिय र शक्तिाशाली अनी ठूलो संगठनको रुपमा नेपाली विद्यार्थीहरुले स्थापित गरेको विद्यार्थीहरुको संगठन रहेको बताएका छन ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका अर्का जिल्ला सचिव जयन्द्र घिसिङले विद्यार्थीहरु एकजुट भएर राष्ट निर्माणमा लाग्नु पर्नेमा जोड दिए । पाख्रिवास नगरपालिकाका प्रमुख तथा जिल्ला सदस्य ज्ञान वहादुर गुरुङले विद्यार्थीहरु अव विदेश नगई आफुले प्राप्त गरेको ज्ञान र शिपलाई स्वदेशमानै प्रयोग गरेर समृद्ध नेपाल वनाउन लाग्नु पर्नेमा जोड जोड दिए । नेपाली कांग्रेस प्राख्रिवास नगर सभापती प्रेम भण्डारीले क्याम्पसमा नेपाल विद्यार्थी संघको संगठन विस्तार र सुदृढीकरणका लागी नेपाली कांग्रेसले जहिले पनि सहयोग गर्ने बताए ।