
७ भदौ २०८२,धनकुटा । धनकुटामा भैरहेको एभोकाडो खेती, रोगकीरा, उत्पादन र गुणस्तरमा देखिएका समस्या र भैरहेका समाधानका उपायबारे अध्ययन गर्न एसियाली बिकास बैंक, नार्क र नाफाको बैज्ञानिक सहितको प्राविधिक टोली धनकुटा पुगेको छ ।

ब्यापकरुपमा बगैंचा बिस्तार हुँदै गएको धनकुटामा एभोकाडोको बोट ओइलाउने, फलझर्ने, जरा कुहिने, झुसिले लाग्ने जस्ता समस्या छन । टोलीले सुन्तला खेतीको बिकल्पका रुपमा हेरीएको एभोकाडो खेतीमा देखिएका यिनै समस्याको अध्ययन र समाधानका उपायबारे किसानसँग छलफल गरिरहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो ।

यसकासाथै एभोकाडोको जातिय पहिचान, नर्सरी र बगौचा ब्यबस्थापन बारेपनी अध्ययन गरिने रानाले बताउनुभयो । पहाडी क्षेत्र कास्ठफल तथा फलफूल बिकास आयोजना (नाफा), नेपाल कृषि अनुसन्धान परिषदका कृषि बैज्ञानिक र प्राविधिकहरूले पाख्रीवास, सुन्तलाजात अनुसन्धान केन्द्र पारिपात्ले लगायत स्थानका बगौचा तथा नर्सरी अनुगमन गरेको छ । किसानका वारि र बगौचामा देखिएका समस्यामा आधारित भएर अनुसन्धान अगाडी बढाएर समाधानका लागि प्रविधी बिकास गर्दै जाने नार्कका कृषि बैज्ञानिकको अमर पुनको भनाइ छ ।
