
६ भदौ २०८२,धनकुटा । धनकुटाको हिलेमा आजबाट चौथो हिले व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपाल हिले व्याडमिन्टन क्लवको सहयोगमा हिले स्थित हिले व्याडमिन्टन क्लबको हलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा प्रदेश स्तरीय भेट्रान मेन्स डबल, मेन्स डवल वि लेबल मेन्स डवल र उमेन डवलमा गरी चार इभेन्टमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स डबलमा २८, वि लेबल मेन्स डबलमा ३२ र भेट्रान तर्फ १३ र उमेन डबल तर्फ ५ टिम गरी कुल ६८ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष आसिस गोङ्वाले जानकारी दिनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मेन्स डवल तथा भेट्रान तर्फका विजेताले ३१ हजार उपविजेताले १७ हजार तथा तेस्रो हुनेले पाँच पाँच हजार रुपैयाँ हात पर्ने छन् । त्यस्तै वि लेबल मेन्स डवल तर्फका विजेताले २० हजार उपविजेताले १० हजार तथा तेस्रो हुनेले तिन तिन हजार रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिताको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्घाटन गर्नु भयो ।