८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025

Radio Khabar Palika

धनकुटामा रक्तदान कार्यक्रम सम्पन्न ६८ जनाले गरे रक्तदान



६ भदौ धनकुटा ।ब्रहमाकुमारी राज योग सेवा केन्द्र र धनकुटा समाज सेवा प्रभागले विश्व बन्धुत्व दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पूर्व प्रमुख प्रशासिका दादी प्रकाशमणी ज्युकोे १८औं पुण्यतिथिको स्मरणमा ् रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
“रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, स्थानीय निकाय तथा स्वास्थ्य संस्थाहरूको सक्रिय सहकार्यमा ६८ जनाले रक्तदान गरेका छन । रक्तदान कार्यक्रममा स्थानीय युवाहरुको उत्साहपूर्ण सहभागिता देखिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताल, धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा लगायतका संस्थाहरूले प्राविधिक तथा व्यवस्थापकीय सहयोग पु¥याएको आयोजकले जानकारी दिएको छ ।