८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025

Radio Khabar Palika

नमस्ते नेपाल धनकुटाले गर्यो महिला कानुनी सचेतना र तिजको शुभकामना कार्यक्रम



५ भदौ २०८२, धनकुटा। धनकुटामा महिलाहरुले मात्र नेतृत्व गरेको गैरसरकारी संस्था नमस्ते नेपालले धनकुटामा आफ्नो ९ औ बार्षिक उत्सव तथा साधारण सभाको अवसरमा महिला कानूनी सचेतना र तिजको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले तिज पर्वले सवै महिलाहरुमा एकता कायम गर्ने वताउनु हुदै शुभ कामना दिनु भएको थियो । धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले तिज पर्वले महिलाहरुमा नया उत्साह ल्याएको वताउनु भयो । कार्यक्रममा धनकुटा नगरपालिकाका उपमेयर भिमा देवी खनालले तिजले महिलाहरुमा जागरण ल्याएको वताउनु भयो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले तिज पर्व धार्मिक पर्व मात्र नभएर सास्कृतिक,सामाजिक पर्वको रुपमा पनि मनाउने गरिएकोले तिजको अझ महत्व वढ्दै गएको वताउनु भयो ।
नमस्ते नेपालका अध्यक्ष अम्विका देवी धमलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक किशोर तामाङले महिला हिंसा न्यूनिकरण र कानुनी उपचारका विषयमा र धनकुटा जिल्ला अस्पतालको डाक्टर सिमानकंन पोखरेलले ओसिएमसिको वारेमा सहजीकरण गर्नु भएको थियो ।