
५ भदौ २०८२,धनकुटा ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रहरी सदैव तैनाथ रहने भएता पनि नागरिकको साथ र सहयोग विना त्यो सम्भव नहुने बताउनु भएको छ । उहाले नागरिक र प्रहरी बिचको सम्वन्ध सुदृढ बनाई हातेमालो गर्दै अगाडि बढेमा शान्तिपूर्ण समाजको स्थापना हुने बताउनुभयो ।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटा पुग्नु भएका प्रहरी नायव महानिरीक्षक कार्कीले जिल्ला समन्वय समिति धनकुटाका उप–प्रमुख सावित्रा राई लगायत स्थानिय जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, नागरिक समाज, संचारकर्मी तथा विद्यार्थीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको छ । उहाले कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ । निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा उहाँले वर्तमान समय सापेक्ष अनुरुप प्रविधिको प्रयोग गरी समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिकमा प्रहरी सेवाको पहुँच सरल र सुलभ तवरले पु¥याउन तथा नागरिकहरुमा सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न आफ्नो पदिय जिम्मेवारी, आदेश निर्देशनको अक्षरस पालना गरी प्रहरी कार्य गर्नु पर्ने बताउनु भएको छ । सिमित स्रोत साधनका बावजुद पनि धनकुटा जिल्लामा शान्ति सुरक्षा व्यवस्था मजवुद बनाई नागरिकहरुमा विश्वासिलो प्रहरी सेवा पु¥याउदै आएकोमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दैै संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा इमान्दारी पुर्वक लागि पर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख कार्कीलाई जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत थापा क्षेत्रीले जिल्लाको बर्तमान शान्ती सुरक्षाको अवस्था, प्रहरी परिचालन, विपद उद्धार तथा समस्या र चुनौतीहरुको बारेमा अवगत गराउनु भएको थियो ।