
३१ साउन२०८२, धनकुटा। भूमी समस्या समाधान आयोग धनकुटाले धनकुटाको महालक्ष्मी नगरपालिकाका भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई जग्गा उपलब्ध गराई जग्गा धनी पूर्जा वितरण गर्ने तयारी गरेको छ । शुक्रबार महालक्ष्मी नगर पालिकामा बैठक तथा दोस्रो चरणाको अभिमूखीकरण कार्यक्रम गर्दै आयोगले यस्तो जानकारी दिएको हो ।
महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रवराज रायको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख रायले सवै वडाका वडाध्यक्ष तथा सचिवहरुलाई आ आफ्ना वडामा सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई जग्गा उपलब्ध गराई जग्गाधनी पूर्जा वितरणका लागी पहिलो प्राथमिक्ता दिएर काम गर्नका लागी निर्देशन दिए ।
महालक्ष्मी नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी गुरागाईले समेत नियम कानुन भित्र रहेर सुकुम्वासीहरु अव्यवस्थित वसोवासीहरुलाई जग्गा धनी पूर्जा वितरण गर्नका लागी सवैले सहयोग गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा भूमी समस्या समाधान आयोग धनकुटा जिल्लाका विज्ञ सदस्य नविन किशोर शाक्य,सदस्य तथा महालक्ष्मी नगरपालिकाका संयोजक विजय सन्तोषी राईले भूमीहिन सुकुम्वासीहरु र अव्यवस्थित वसोवासीहरुलाई जग्गा उपलब्ध गराई जग्गा धनी पूर्जा वितरण गर्ने कार्यविधिको वारेमा सहजीकरण गरेका थिए ।
महालक्ष्मी नगपालिकामा यस अघि निवेदन दिएका भूमिहिन दलित ३८ जना,भूमिहिन सुकुम्वासी १सय २ जना,अव्यवस्थित वसोवासीहरु ९ सय १४ जना गरी जम्मा १ हजार ५४ जनाको छानमिन गरी विभिन्न चरणहरु पुरा गरी चाडैनै उनिहरुलाई जग्गाधनी पूर्जा उपब्ध गराउने भूमी समस्या समाधान आयोग महलक्ष्मी नगरपालिकाका संयोजक विजय सन्तोषी राईले बताए ।