
२७ साउन २०८२,धनकुटा । धनकुटा जिल्लाको पाख्र्रिवास नगपालिकाको मुगाको वडा नं. ८ मा प्रहरी चौकी स्थापनाका लागी सोही वडाका समाजसेवी भद्र थापा र उनकी धर्मपत्नी रस्मी थापाले जग्गा प्रदान गरेका छन ।
जिल्ला प्रहरी कार्यालय धनकुटामा जग्गादाता सोही वडा स्थायी घर भई हाल अमेरिकामा वस्दै आएका समाजसेवी समन्त भद्र थापा र उनकी धर्मपत्नी रस्मी थापाले मुगा प्रहरी चौकी स्थापना गरी भवन निर्माणका लागी ४ रोपनी जग्गा प्रदान गरी जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सरत कुमार थापा क्षेत्रीलाई एक समारोहका विच जग्गाधनी पूर्जा हस्तान्तरण गरे ।
धनकुटा जिल्लाको पाख्रिवास नगरपालिका क्षेत्रमा एउटा मात्र प्रहरी चौकी रहेको छ भने भोजपुर र धनकुटाको सिमानाको क्षेत्र समेत मुगा रहेकाले शान्ति सुरक्षा अझ बलियो बनाउनका लागी मुगामा प्रहरी चौकी स्थापना गर्न अति आवाश्यक भएको र त्यस क्षेत्रका नागरिकहरुको समेत विशेष माग भएकाले उक्त क्षेत्रमा चौकी स्थापना गर्नका लागी प्रक्रिया अगाडी बढाईने जिल्ला पहरी कार्यायल धनकुटाका एस पी सरत कुमार क्षेत्री थापाले जानकारी दिए ।
जग्गा धनी समाजसेवी थापा दम्पतीले मालपोत कार्यालय धनकुटामा आफ्नो नाममा रहेको जग्गाबाट ४ रोपनी जग्गा कित्ताकाट गरी उक्त जग्गा जिल्ला प्रहरी कार्यालय धनकुटाको नामा पास गरिदिएको नेपाली कागे्रसका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।