२९ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025

Radio Khabar Palika

जनता राष्ट्रिय पार्टी विभाजनको पक्षमा छैनन् : एमाले महासचिव पोखरेल



२७ साउन २०८२,धनकुटा । नेपाली जनता राष्ट्रिय पार्टी विभाजनको पक्षमा नभएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । धनकुटाको हिलेमा मंगलबारदेखि शुरु भएको नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौं पूर्ण बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले विगतमा पार्टी विभाजन गर्दा जनताको समर्थन नपाएको उदाहरण पेश गर्दै ठूला राजनीतिक दलहरुको विभाजन नीति जनताले मन नपराएको स्पष्ट पारे ।
उनले पछिल्लो समय नेकपा एसका नेताहरुले स्वयं पार्टी विभाजनको औचित्य पुष्टि नभएको बताउन थालेका छन् । उनले भने, समयले नै देखाइदिएको छ की जनताले स्थायित्व र विकास चाहेका छन् । अव्यवस्थित विभाजन होइन ।उनले नेकपा एमाले नेतृत्वको सरकारको पालामा ल्याइएका विभिन्न लोकप्रिय कार्यक्रमहरु सफलतापूर्वक कार्यान्वयन भएको दावी गरे । आर्थिक वृद्धि दर बढाउन तथा जनतामुखी नीति कार्यान्वयनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सफल भएको उनको भनाई थियो । यि नै उपलब्धीलाई देखेर विरोधी पक्षले अध्यक्ष ओलीलाई सरकार र पार्टीबाट हटाउन खोजेको तर त्यो प्रयास असफल भएको जिकीर गरे ।भोलिसम्म संचालन हुने वैठकमा प्रदेश कमिटीका पदाधिकारी र सदस्य गरी २९१ जना सहभागी छन् । नेकपा एमालले हालै जारी गरेको आपानी, विधान महाधिवेशन सहित विभिन्न विषयमा छलफल हुने बताइएको छ ।